लैङ्गिक न्याय, समानता र समावेशीकरणका लागि व्यवहार परिवर्तन हुन आवश्यक 

बुटवल , मंसिर २१, 
लैगिकमैत्री व्यबहार घर, परिवार, समाज र राज्यबाटै लागु गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । लैगिकमैत्री व्यबहारका लागि र हिंसा अन्त्यका लागि राम्रो नराम्रो व्यवहारका बारेमा छोराछोरी संग खुलेर कुरागर्नुपर्ने उनीहरुको भनाई छ ।  रोटरी क्लब अफ तिनाउ बुटवलको आयोजना , इनरव्हिल क्लब अफ बुटवल जितगढी र इनरव्हील क्लब अफ मिडटाउनको समन्वयमा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा आज बुटवलमा आयोजित लैंगिकमैत्री व्यवहार कार्यान्वयनमा हाम्रो भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले हिंसा अन्त्यका लागि सबै जागरुक र सचेत हुन आवश्यक रहेको बताएका हुन् । 

कार्यक्रमका प्रमुख वक्ता लैंगिक समानता र सामाजिक समावेशिकरण बिज्ञ प्रतिमा शर्माले हिंसाको बिषय लाजको बिषय बनाउन नहुने बताउदै  छोराछोरी दुबैलाइ हिंसाका बारेमा सिकाउन जरुरी रहेको बताउनुभयो । लैङ्गिक न्याय, समानता र सामाजिक समावेशीकरणका लागि व्यवहार परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले सबैकिसीमका हिंसाको अन्त्यका लागि जनचेतना र समाजिक सहकार्य आवश्यक रहेको औल्याउनुभयो । 

घरघरमा हिंसाका बारेमा खुलेर कुरा हुन आवश्यक रहेको बताउदै शर्माले शारीरिक हिंसालाई मात्रै समाजले हिंसा मानेकाले शारिरीक, मानसिक, आर्थिक ,सास्कृतिक र मानवअधिकारको हननका कुराहरुमा पनि बोल्न र आवाज उठाउन आग्रह गर्नुभयो । शर्माले महिनावारी र रजनोबृतीका बारेमा पनि जानकारी दिनुभएको थियो। उहाले छोरी पहिलो पटक महिनावारी हुदा उत्सवका रुपमा मनाउनुपर्ने बताउनुभयो। पहिलो महिनावारी श्रृष्टिको सुरुवात चरण भएको बताउँदै शर्माले महिनावारी पाप हो भन्ने धारणा चिर्न महिला र पुरुषले हातेमालो गरेर सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । 

अधिवक्ता समेत सहनुभएकी शर्माले लैङ्गिक न्याय, समानता र सामाजिक समावेशीकरणका लागि व्यवहार परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो। उहाँले सबैकिसीमका हिंसाको अन्त्यका लागि  जनचेतना र समाजिक सहकार्य आवश्यक रहेको औल्याउनुभयो । रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष उमा आचार्यले क्लबमा आवद्ध महिलाहरुका लागि हिंसाका प्रकार, बिभेद र यसको अन्त्यका बारेमा जागरुक गराउन कार्यक्रम आयोजना गरेको बताउनुभयो ।  शहरी क्षेत्रमा पनि बिभिन्न किसीमका हिंसाका स्वरुप देखिएको बताउदै आचार्यले प्रविधिको प्रयोग बाट हुने हिंसाबाट बच्न कार्यक्रमले थप सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका अमित अधिकारी , इनरव्हील क्लब अफ मिडटाउन अध्यक्ष जुनु भण्डारी, इनरव्हील क्लब अफ जितगढीका अध्यक्ष यसोधा भट्टराई, रोटरी क्लब अफ मेडिकोफ्युजन नेपालका अधयक्ष मन्जु गुभाजु , रोटरी तिनाउका पुर्व अध्यक्ष तथा कार्यक्रम संयोजक कल्पना तिवारी , सचिव सबिता निरौला, क्लबका प्रथम उपाध्यक्ष अनिता भुसाल , पुर्ब अध्यक्षहरु रमिला शर्मा , प्रतिमा भट्टराई लगायतले आफना भनाई राख्नु भएको थियो । 

मंसिर ९ बाट शुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिक रूपमा शुरू भएको आज ११ औ दिन पुगेको छ।  अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस ९नोभेम्बर २५० को अवसर पारेर हरेक वर्ष झैँ मनाइने यो अभियान यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ भन्ने छ भने राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ रहेको छ । अभियानको उद्देश्य लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्ने, प्रविधिको उचित प्रयोगमार्फत हिंसा रोकथामलाई प्रभावकारी बनाउने तथा महिलाको अधिकार संरक्षण र सशक्तिकरणलाई अघि बढाउने हो ।संयुक्त राष्ट्रसंघको १९९९ को महासभाले नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाउन थालिएको हो । नेपालमा भने यो दिवस वि।सं। २०५४ सालदेखि मनाउन थालिएको हो ।
 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update