रुपन्देही , मंसीर २७
कुष्ठरोग औषधि खाएपछि निको हुने रोग भएकाले रोगको बारेमा खुलेर स्वास्थ्य परामर्श लिनुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र द लेप्रोसी नेपाल डिग्नीटी परियोजना रुपन्देहीको आर्थिक सहयोगमा बिहिबार भैरहवामा आयोजित कुष्ठरोग सम्बन्धी अभिमूखिकरण तथा अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कुष्ठरोगको पहिचान गरि उपचार गर्न सके यो रोग निवारण गर्न सकिने बताएका थिए ।
कार्यक्रममा कुष्ठरोगको अहिलेको अवस्थाका बारेमा जानकारी दिदै जिल्ला जनस्वास्थ स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टीकाराम अधिकारीले जनचेतनाको कमी र रोग लुकाउने प्रवृत्तिका कारण नेपालमा कुष्ठरोग निवारण हुन नसकेको बताउनुभयो । रुपन्देहीमा सचेतिकरण, पहिचान ,उपचार व्यवस्थापन र रोकथाम गरि ४ तरिकाबाट काम भैरहेको अधिकारीले बताउनुभयो । रुपन्देहीमा आ। व। २०८१ र ८२ मा १ सय ७८ जना बिरामी उपचारमा थिए सोही बर्ष १ सय ७० जना नयाँ बिरामी पत्ता लागेका थिए । अधिकारीका अनुसार अहिले उपचारमा १ सय ६३ जना बिरामी छन् । साउन देखि कार्तिक सम्म ४ महिनामा ३७ जना बिरामी पत्ता लागेका छन् जसमा १७ जना महिला छन् ।
द लेप्रोसी नेपाल डिग्नीटी परियोजना रुपन्देहीका प्रमुख सुमन ज्ञवालीलले संस्थाले कुष्ठरोगको निवारणका लागि स्वास्थ्य जाँच, जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउनुभयो । रुपन्देहीमा बिशेषगरि रोहीणी गाउपालिका र देवदहनगरमा कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । द लेप्रोसी नेपाल संस्थाद्धारा संचालित दि लेप्रोसी मिसन नेपाल आनन्दवन अस्पताल ललितपुर नेपालमा निशुल्क उपचार हुने बताउँदै सेवालिनका लागि अनुरोध गर्नुभयो । नेपाललाई २०६६ सालमा कुष्ठरोग निवारण देश घोषणा गरिएको १६ वर्ष बितिसक्दा पनि अझै पूर्ण निवारण हुन सकेको छैन ।
सरकारले कुष्ठरोगीलाई निःशुल्क औषधि उपलब्ध गराउदै आएको छ । रुपन्देहीलाई कुष्ठरोग निवारण जिल्ला बनाउन समुदायस्तर बाटै काम भैररहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख उमादेवी थापाको भनाई छ । प्रमुख थापाले खुला बोर्डर, सचेतनाको कमी र स्थानिय तहको अपनत्व कम हुनुको कारणले पनि यो रोग निवारण हुन नसकेको बताउनुभयो ।
स्वास्थ्य कार्यलयका अधिकृत प्रभास पन्थीले यो रोगले खास गरेर छाला, स्नायु ९नशा० मा असर गर्ने बताउदै छालामा असर गर्दा शरीरमा नचिलाउने, हुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुहरूमा असर गर्दा हातगोडामा हुँदा थाहा नपाउने हुन्छ र बिस्तारै यस रोगले मांसपेशीहरू कमजोर हुदैजाने बताउनुभयो । पन्थीले जनस्तरमा प्रचारप्रसार र चेतनामूलक कार्यक्रम सञ्चालनमा जोड दिनुभयो । कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । त्यस्तो छोएको था नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको हुँदैन । कुष्ठरोगको चिन्ह र लक्षणको आधारमा यसलाई दुई भागमा बाढीएको छ बढी किटाणु भएको ९एम।बि।० कुष्ठरोग र कम किटाणु भएको ९पि।बि।० कुष्ठरोग भनिन्छ ।
बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले ६ महिना नियमित औषधी सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधी सेवन गर्न सक्दछन् । बहुऔषधीको १ मात्राले नै ९९ प्रतिशत किटाणु निश्क्रिय बनाइदिन्छ । यो निकै कम सर्ने सरूवा रोग हो । यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा कुष्ठरोगका लक्षणहरु देखा पर्दछन्। यो रोग लागेमा छालामा रातो वा फुस्रो रंगको दाग देखिने ,अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिने, अनुहार वा शरिरको अन्य भागमा गीर्खाहरू देखा पर्ने, आँखीभौं झर्ने र पातलो हुने , हात खुट्टाका औलाहरू बाङ्गो हुने लगायतका लक्षणहरु देखा पर्छन् । कार्यक्रममा बिभिन्न क्षेत्रमा कार्यरत सरोकारवालाहरुको उपस्थिती रेहेको थियो ।

