आपसी सद्धभावका लागि नेपाल र भारतका इनरह्वील क्लब बिच इनरह्वील झण्डा साटासाट 

बुटवल,पुस २
एक आपसमा सद्भाव कायम गर्नका लागि इनरह्वील क्लवहरुबिच झण्डा साटासाट ९ाबिन भहअजबलनभ० कार्यक्रम मंगलबार सम्पन्न गरिएको छ । इनरह्वील क्लव अफ बुटवल,इनरह्वील क्लव अफ मिडटाउन बुटवल र इनरह्वील क्लव अफ बुटवल जितगढी , इनरह्वील क्लव अफ तिलोत्तमा , इनरह्वील क्लव अफ गोरखपुर होराइजन र इनरह्वील क्लव अफ लुम्बिनीको संयुक्त आयोजनामा झण्डा साटासाट कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम बुटवलको पर्यटकिय स्थल लुम्बिनी केबलकारको पाल्पा जिल्लामा रहेको कामख्या मन्दिरको काखमा आयोजना गरिएको थियो । 

कार्यक्रममा बोल्दै  प्रमुख अतिथि  डिष्ट्रिक ३५० का पि .एन.आर . समिरा ध्वजुले इनरह्वील क्लवहरुबिचको आत्मियता कायम गर्ने कार्यक्रमको उदेश्य रहेको बताउनुभयो । यसरी बुटवलको पर्यटकिय क्षेत्रमा झण्डा साटासाट कार्यक्रमले क्लबहरुका बिचमा आपसी आत्मियता र सद्भाव कायम गर्ने विश्वास ब्यक्त गर्नुभयो । डिष्ट्रिक ३५० नेपालका आई.पि.डि.सी.आशा श्रेष्ठले इनरव्हील क्लबहरुले गर्ने यस्ता कार्यक्रमले सामाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । 

इनरह्वील क्लव अफ गोरखपुर होराइजनका अध्यक्ष प्रिती गुप्ताले नेपालमा आएर इनरव्हील क्लबहरु संग झण्डा साटासाट गर्ने अवसर जुटाएकोमा आभार व्यक्त गर्नुभयो । गुप्ताले विश्वभर छरिएर रहेका इनरव्हील क्लबहरुको साझा उदेश्य भनेकै सामाजिक सेवा रहेकाले समयअनुकुल मिलाएर यस्ता कार्यक्रम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इनरह्वील क्लव अफ लुम्बिनीका अध्यक्ष नारायणी नेपाल, इनरह्वील क्लव अफ बुटवलका अध्यक्ष बुलबुल श्रेष्ठले इनरह्वील क्लवमा सधैँ बन्धुत्वको भावना कायम रहिरहने भन्दै भारतबाट निमन्त्रणा स्वीकार गरि आउनुभएकोमा इनरह्वील क्लव अफ गोरखपुरको टिम लाई धन्यवाद दिनुभयो । 

इनरह्वील क्लव अफ बुटवलका पूर्व अध्यक्ष पुष्पा कशौधनले स्वागत गरेको कार्यक्रममा तिलोत्तमाका अध्यक्ष रत्ना रिजालले इनरह्वील प्रे प्रस्तुत गर्नुभएको थियो भने इनरह्वील क्लव अफ बुटवल जीतगढी अध्यक्ष यशोदा भट्टराईको  धन्यवाद र इनरह्वील क्लव अफ मिडटाउनका अध्यक्ष जुनु भण्डारीको कार्यक्रमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देहीका ५ वटै क्लवका अध्यक्ष ,सदस्यहरु ,पूर्व अध्यक्षहरु र गोरखपुर होराइजन भारतका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update