बुटवल,पुस २२
चिसो मौसममा विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानोपन प्रदान गर्न इनरव्हील अफ बुटवल जीतगढीले सोमबार न्यानो कपडा वितरण गरेको छ । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत देवदह –६ सरनवारी, रूपन्देहीमा रहेको श्री कालिका आधारभुत विद्यालयमा अध्ययनरत ४० जना बालबालिकालाई स्वीटर, टोपी वितरण गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी देवदह नगरपालिकाका कार्यपालिका सदस्य रुपा ढुङ्गानाले क्लबले देवदहमा रहेको बिद्यालयमा चिसो मौसममा बालबालिकाको स्वास्थ्य र शिक्षालाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेकोमा सिंगो नगरको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । बिद्यालयको विकासका लागि अक्षयकोष स्थापना संगै बिभिन्न सहयोगमा संलग्न भएपनि प्रयाप्त नभएको भन्दै सहयोगी र पालिकाले अझै धेरै काम गर्न बाँकी रहेको औल्याउनुभयो ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष विमलराज भट्टराईले क्लबहरुको सामाजिक कामले समाजमा सकारात्मक प्रभाव पार्ने भन्दै बिद्यालयमा आएर भोलीका देशका कर्णधारलाई गरेको सहयोग प्रसंशनिय रहेको बताउनुभयो । चिसोमा बालबालिकाको स्वास्थयलाई पनि ध्यान राख्न जरुरी रहेको बताउदै स्वस्थ हुन सके शिक्षामा पनि प्रगति हुने बताउनुभयो ।
विद्यालयका प्राचार्य तेज बहादुर अर्यालले न्यानो कपडा वितरणका लागि बिद्यालय छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । २०४७ सालमा स्थापना भएको बिद्यालयमा निम्नआय भएका परिवारका सन्तानले अध्ययन गर्ने बताउदै नगरबाट पनि प्रयाप्त सहयोग नपाएको गुनासो गर्नुभयो ।
क्लबका अध्यक्ष डिलकुमारी भट्टराई (यशोदा)ले क्बल स्थापनाको ५ बर्षदेखि बिभिन्न सामाजिक काम गर्दै आएको बताउदै चिसो मौसममा कुनैपनि बालबालिका न्यानो कपडा नपाएर चिसोमा कठिनाई भोग्न नपरोस् भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको बताउनुभयो । छोटो समयमा बिद्यालयमा बालबालिकालाई सहयोग गर्ने मौका दिनुभएकोमा बिद्यालयप्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।

क्लबका पूर्व अध्यक्ष गिता शर्माको स्वागत ,सचिव रिता घिमिरे लामिछानेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजसेवी प्रेमलाल भट्टराई, विद्यालय व्यवस्थापन समिति सदस्य गितासरा घर्ति,इन्दिरा राना ,क्लबका आई एस ओ अनिता डुम्रे,क्लबका कार्यकारी सदस्य अमृता खनाल पौडेल,अभिभावक, शिक्षकको उपस्थिती रहेको थियो । इनरव्हील क्लब महिलाहरु मात्रै आवद्ध सामाजिक संस्थाको रुपमा देश बिदेशमा स्थापित क्लब हो ।

