कालिका मानवज्ञान मावि अध्यक्षमा नित्यानन्द ज्ञवाली

बुटवल, माघ २  
देशकै सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालयमा भएको अभिभावकहरुको  भेलाबाट  सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।

भेलाबाट नित्यानन्द ज्ञवालीको  अध्यक्षतामा नयाँ समिति गठन भएको हो । भेलाबाट वडा प्रतिनीधीको रुपमा वडा नम्बर १- का अध्यक्ष बलबहादुर पुन लाई पदेन सदस्यको रुपमा चयन  गरिएको छ ।

यस्तै सदस्यको रुपमा  यमुना काउचा, तेजेन्द्र खनाल, सुमित्रा बराल, खुमानन्द भण्डारी र टिका ओली चयन हुनुभएको हो । नयाँ गठन भएको समितिको सदस्य सचिवमा प्रधानाध्यापक दिनेश थापा रहनुभएको छ।नयाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा  निर्वाचित नित्यानन्द ज्ञवाली यो भन्दा पहिला विद्यालयको सफल नेतृत्व गरिसकेका अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update